२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

रक्सीले मातिएका विद्युत प्राधिकरणका कर्मचारीले पत्रकार कुटे, हाकिम प्रहरीको नियन्त्रणमा


३१ असार, चितवन । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका एक पत्रकारलाई कुटपिट गरेका छन् । आर्थिक वर्ष समापनको अवसर पारेर कार्यलय परिसरकै काउण्टर भवनभित्रै दिउसोदेखि रक्सी पार्टी भैरहेको सूचना पाएपछि रिपोर्टिङमा पुगेका पत्रकार कृष्ण आचार्यलाई कर्मचारीहरुले कुटपिट गरेका हुन् ।

कार्यालय परिसरभित्रै खसी काटेर रक्सी पार्टीमा दिनभर रमाएका कर्मचारीहरुले आचार्यलाई कुटेका हुन् । आचार्यको हातमा चोट लागेको छ भने कपडा समेत च्यातिदिएका थिए । समूहनै मिलेर कुट्न थालेपछि आचार्य बन्द भएको गेट चढेर भागेर ज्यान जोगाउनुभएको छ । राष्ट्रिय समाचार समिति चितवनका संवाददाता आचार्य नारायणी अनलाइन न्युजपोर्टलको सम्पादक समेत हुन ।

कुटपिट गर्नेहरु भागेपछि थप अनुसन्धानका लागि कार्यालय प्रमुख राजीवकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनभर पार्टी गर्दाको सीसिटिभिमा फुटेज समेत डिलिट गराइएको छ । घटनाका दोषीलाई पक्राउ गरि कारवाही गर्नुपर्ने माग राख्दै चितवनका पत्रकारहरुले नाराबाजी गरेका थिए । साँझ साढे ५ बजेतिर आचार्यमाथि कुटपिट भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार २२:३९