६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा ६ कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

३१ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीको शेयर सूचीकृत भएको छ । असार २६ गतेदेखि असार ३१ गतेसम्म विभिन्न ६ कम्पनीको शेयर सूचीकृत भएको हो । विभिन्न ६ कम्पनीको २ करोड ९१ लाख ३७ हजार ६३० दशमलव ९६७५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा निर्धन उत्थान लघुवित्तको बोनस शेयर, अपि पावरको हकप्रद शेयर, दार्दी खोला जलविद्युतको आईपीओ, आरम्भ चौतारी लघुवित्तको बोनस शेयर, मिथिला लघुवित्तको बोनस शेयर र स्वाबलम्बन लघुवित्तको बोनस शेयर रहेको छ ।

नेप्सेमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९.६२ प्रतिशत बाेनस बापतको ६ लाख २ हजार २०२.६१ कित्ता शेयर सूचीकृत भएको हो । आरम्भ चौतारी लघुवित्तले चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ दशमलव ६२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

यसैगरी, नेप्सेमा सोमबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २९.५० प्रतिशत बापतको ५० लाख २५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको गत आर्थिक वर्ष २०७७ ७८ को मुनाफाबााट चुक्तापूँजीको शेयरधनीहरुलाई २९.५० प्रतिशत बोनस शेयर र १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, स्वाबलम्बन लघुवित्त वित्तीय लिमिटेडको १९ प्रतिशत बोनस शेयर बापतको १७ लाख ९१ हजार ७ सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसैगरी, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ३ लाख ४० हजार ८७४ दशमलव ३५७५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, अपि पावर कम्पनीको हकप्रद शेयर बुधवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३९.२६३३ प्रतिशत हकप्रद शेयर बापतको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीले २०७८ चैत २५ गतेदेखि २०७९ वैशाख १५ गतेसम्म निष्कासन गरेको ३९ दशमलव ३६३३ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।

यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको कूल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता साधारण शेयर सूचीकृत भएको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको १० लाख ५४ हजार २६० कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको १८ लाख ९७ हजार ६६९ कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ७५ लाख ९० हजार ६७५ कित्ता गरेर कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार १८:५५