चुनाव चिन्ह गाई माग्दै कमल थापा सर्वोच्च अदालतमा
३० असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा चुनाव चिन्ह गाई माग्दै सर्वोच्च अदालत पुगेका छन । राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले दिएको जानकारी अनुसार थापाले बिहीबार निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका छन । रिटको सुनुवाइ भोलि शुक्रबार हुने महामन्त्री बर्ताैलाले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १३:३७












