६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

सार्वजनिक पद धारण गरेका व्यक्ति एमालेको विभागमा छैनन्ः घनश्याम भूसाल

२९ असार, काठमाडाैं । एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भूसालले पार्टीको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नरहेको बताएका छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेले उक्त विभागको सदस्य बनाएको भन्ने समाचार सार्वजनिक भएपछि भूसालकाे उक्त भनाइ आएको हो ।

भूसालले सामाजिक सञ्जालमार्फत  गभर्नर अधिकारी आफैंले पनि कुनै पार्टी राजनीतिमा संलग्न नरहेको स्पष्ट पारेको बताएका छन् ।

भूसालले लेखेका छन् : ‘म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ । प्रथमत:, स्वयं गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ।

दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : २९ असार २०७९, बुधबार १५:३१