२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

युवा संघद्धारा प्रधानमन्त्री देउवाको पुत्ला जलाएर प्रदर्शन

२८ असार, काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार साँझ युवा संघका कार्यकर्ताले नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएर प्रदर्शन गरेका हुन् ।

देशमा विदेशी मुद्रा सञ्जितिको अभाव हुँदा पनि हतियार खरिद गर्नु गलत भएको भन्दै युवा संघले मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा मशाल जुलुस निकालेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनकारीले सरकारको उपहार महङ्गी र भ्रष्टाचार लगाएतका नारा लगाएका थिए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार २०:१०