२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पहिरोको कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध

२८ असार, काठमाडौं । पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध भएका छन् । बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी बेस क्याम्प बल्देबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अस्थाइ प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १३:१६