चिनियाँ नेतासँगको कुराकानीबारे एमाले सचिव भट्टराईको प्रधानमन्त्री देउवालाई ४ प्रश्न
२७ असार, काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले चिनियाँ नेतासँग भएको कुराकानीका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग ४ प्रश्न गरेका छन । सामाजिक सञ्जाल मार्फत प्रश्न गर्दै भट्टराईले चीनबाट ऋण नलिने, अनुदानमात्र लिने भनेर देउवाले के गर्न खोजेको भन्ने प्रश्न गरेका छन ।
यस्तो छ भट्टराईको प्रश्न
नेपाल भ्रमणमा रहेका चिनिया नेतासँगको भेटमा प्रम देउवाले चिनबाट ऋण नलिने, अनुदानमात्र लिने भन्नु भएको समाचार सार्वजनिक भएको छ । यदी प्रमको भनाई सांचो हो भने सरकारले केही कुरा स्पस्ट गर्नु पर्दछ ।
१. के अब नेपालले कुनै पनि मुलुक र अन्तरास्ट्रिय वित्तिय निकायबाट ऋण नलिने नीती लिएको हो ? होभने यो निती सरकारले हालै संसदमा पेश गरेको नीती तथा कार्यक्रममा किन नलेखेको ? यो नीती मन्त्रिपरिसदले पास गरेको हो भने आजसम्म किन सार्वजनिक जानकारी गराइएन ?
२. २०७८ असार २९ गते प्रम भएपछि शेरबहादुर देउवाको गएको एकबर्षको कार्यकालमा कुनै मुलुक र निकायबाट ऋण लिएको छ कि छैन ? लिएको भए चिनसँगमात्र ऋण नलिने नीती हो ? यो सरकारको ?
३. आजसम्म नेपालले लिएको अन्तरास्ट्रिय ऋणको अवस्था अब के हुन्छ ? ब्याज तिर्नु पर्दैन कि ? सबै अनुदानमा परिणत हुन्छन कि ? सरकारले स्पस्ट पार्नु पर्दछ ।
४. सरकारले समान बिषयमा मुलुकै पिच्छे अलग अलग निती लिन मिल्छ ? कि राष्ट्रिय हित, असंलग्न र पञ्चशिल र पारस्पारिक लाभका आधारमा बैदेशिक सम्बन्ध कायम गर्ने होईन र ?
कसैसँग ऋण नलिएर देश बनाउने कुरा राम्रो हो तर के आज हामी त्यो अवस्थामा छौ ? भावना र आग्रहमा होईन यथार्थको जमिनमा टेकौ । नेपालले कुनै पनि शक्ति राष्ट्रको छाता ओड्दैन र भुराजनीतिक द्वन्द्वबाट टाढै रहन्छ । यसैमा हाम्रो स्वतन्त्र अस्तित्व रहन्छ ।
प्रकाशित मिति : २७ असार २०७९, सोमबार १६:४८












