नेकपाको प्रदेश १ को अध्यक्षमा जगन्नाथ खतिवडा !
१५ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकीकरण अन्तिम चरणमा पुगेको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता जिल्ला प्रदेश र भ्रातृ तथा शुभेच्छुक संगठनहरुमा समेत साकार हुँदैछ । एकताको विषय जति साकार हुँदैछ त्यती नै नेतृत्व स्थापित गर्ने विषयमा मतान्तरहरु पनि बढ्दै गएका छन ।
जिल्ला तहको एकता जति सजिलो देखिएको छ प्रदेश तहमा नेतृत्वका कारण एकता त्यती सहज देखिएको छैन । प्रदेशको नेतृत्वमा वर्तमान अध्यक्षद्धयदेखि वरिष्ठ नेतासम्मले आफू पक्षीय नेतालाई स्थापित गराउने पहल गर्दा नेतृत्व चयन अलि पेचिलो बनेको छ ।
प्रदेशको नेतृत्वमा प्रदेश १ र ३ को नेतृत्व चयन कठिन देखिएको छ । कठिन यसकारण देखिएको छ यी दुबै प्रदेशमा नेतृत्वका लागि आंकक्षीहरु धेरै देखिएका छन । प्रदेश १ को अध्यक्ष बन्न तत्कालीन नेकपा एमालेबाट मात्रै करीव आधा दर्जन नेता आकांक्षी देखिएका छन् ।जगन्नाथ खतिवडा, नरेश खरेल, घनेन्द्र बस्नेत, देवराज घिमिरे, राजेन्द्र राई, राजेन्द्र गौतमले नेतृत्वमा दाबी गरेका छन । आंकाक्षी मध्येमा खतिवडा सबैभन्दा सिनियर हुन । खतिवडा लगातार दुई पटक केन्द्रीय सदस्य र पोलिटव्युरो सदस्य भइसकेका र हाल संसदीय जिम्मेवारीमा पनि नरहेका नेता हुन । त्यसकारण पनि खतिवडा अध्यक्षका लागि उपयुक्त पात्र हुन ।
यद्यपी खतिवडाप्रति वर्तमान पार्टी नेतृत्व सकारात्मक रहन सकेन भने उनी प्रदेश अध्यक्ष बन्ने सम्भावना कमजोर छ । तर वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका नेताहरुको व्यवस्थापनमा सकारात्मक पहलकदमी लिन सके भने खतिवडाको सम्भावना बलियो छ ।
प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार १८:२२