२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२६ असार, झापा । झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–५ का अन्दाजी २५ वर्षीय कुमार खनाल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

आज बिहान ६ बजे विर्तामोड–शनिश्चरे सडकखण्ड अन्तर्गत कप्तानबारी चोकमा खनालले चलाएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ फिट तल खसेको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आईतवार १२:०७