२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

चिकपाका विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडाैँमा, चार दिन नेपालमै रहने

२६ असार, काठमाडाैँ । चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडाैँ आइपुगेका छन । चार दिने भ्रमणका शिलशिलामा पनि उनी काठमाडौँमा आइपुगेका हुन । लिउलाई आइतबार बिहान परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् । लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेट्ने कार्यक्रम छ । लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट्ने कार्यक्रम छ ।

वाम गठबन्धन र एकताको चर्चा चलिरहेका बेला लिउको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरेका छन ।

चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार नेपालको चार दिने भम्रणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमास्थलमा आइपुग्नु हुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस
चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार नेपालको चार दिने भम्रणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमास्थलमा आइपुग्नु हुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रकाशित मिति : २६ असार २०७९, आईतवार ११:२४