२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

कृषिमन्त्रीबाट हटाइएका महेन्द्र रायले मन्त्री निवासको वासिङ मेसिन घर लगे


२६ असार, काठमाडौँ । कृषि तथा पशुपक्षी मन्त्री पदबाट हटाइएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्री निवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही सामग्री लिएर घर गएको पाइएको छ । सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीलाइ उधृत गर्दै आजको गोरखापत्र दैनिकमा राधा चालिसेले यो समाचार लेखेकी छिन ।

समाचार अनुसार आवासबाट लैजान नमिल्ने सामान लिएर गएको थाहा पाएपछि सचिवालयले उनलाई ती सामग्री फर्काउन पत्राचार गर्‍यो । कार्यालयका स्टोरकिपर पशुपति पोखरेलले पूर्वमन्त्री यादवलाई त्यसबारे जानकारी गराएपछि उनले ती सामान फर्काउने प्रतिबद्धता व्यक्त गरेको बताए।

प्रकाशित मिति : २६ असार २०७९, आईतवार ०९:३१