२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

यिनै हुन बा–आमाको नामको ट्रष्टमा बजेट हाल्ने कांग्रेसका नेता एवं मन्त्री मेखलाल श्रेष्ठ


२६ असार, पोखरा । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्नै बा–आमाको नाममा खोलिएको ट्रष्टमा करोडौं बजेट विनोयजन गराए । पैसा मन्त्री र पहुँचवाला नेताको घरघरमा पुगेको भनेर चौतर्फी विरोध भयो । तर बिरोध थेग्न नसकेपछि मेखलालले पैसा नदिन अर्थमन्त्रीलाइ अनुरोध गरेका छन ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायतले परिवारका सदसयहरूको नाममा खुलेका संस्था र प्रतिष्ठानका लागि करोड बजेट बिनियोजन गराएका थिए ।

मेखलालले उनको बाबू स्व. पुननारायण श्रेष्ठ र आमा स्व. धनकुमारी श्रेष्ठको स्मृतिमा बनेको ट्रष्टका लागि २ शीर्षकबाट १ करोड छुट्याइएको थियो । ५० लाख भवन निर्माणर ५० लाख ट्रष्ट संचालनका लागि बजेट विनियोजन गरेका थिए । मेखलाल तीनै व्यक्ति हुन जसले पोखरामा भएको एउटा प्रदर्शनमा प्रहरी अधिकृतलाइ अभद्र व्यवहार गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७९, आईतवार ०९:२०