२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

उच्च अदालत बार एशोसिएसन पाटनमा एमाले समाजवादी गठबन्धनको क्लिन स्वीप


२६ असार, काठमाडाैँ । उच्च अदालत बार एशोसिएसन पाटनमा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र नेकपा समाजवादी निकट समाजवादी कानुन लयर्स एशोसिएसन (एसपीएलए) कानुन व्यवसायीहरूको प्यानलले क्लिन स्वीप गरेको छ ।

अध्यक्षमा शान्तिराम खतिवडा भारी मतान्तरले विजयी भएका छन । खतिवडाले १ हजार ६६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत पाएका छन् । शनिबार भएको उच्च बार पाटनको चुनावमा १ हजार ४ सय ९० मत खसेको थियो ।

उपाध्यक्षमा रामचन्द्र न्यौपानेले १ हजार २३ मत पाएका छन् उनका प्रतिस्पर्धी नारायण खरेलले २ सय ८४ मत पाएका छन् । सचिवमा रविन्द्रकुमार ढुंगानाले १ हजार ४८ मत पाएका छन् । महासचिवमा पराजीत शंकरकुमार खड्काले २८३ मत पाएका छन् ।

१९ सदस्यीय उच्च अदालत बार एशोसिएसनमा पीपीएलएले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ सदस्य र एसपीएलएले उपाध्यक्ष, सहसचिव र ३ जना सदस्य उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : २६ असार २०७९, आईतवार ०८:२२