३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

बुढीगंगा नगरपालिका मतगणना अपडेटः एमालेका उम्मेदवारको दोब्बर मतको अग्रता

२५ असार, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू दोब्बर मतको अग्रता लिँदै अघि बढेका छन । अहिलेसम्म चार वटा वडाको मतगणना सकिँदा प्रमुख र उपप्रमुख दुबै पदमा एमालेका उम्मेदवारको दोब्बर मतको अग्रता भएको छ ।

बुढीगंगाका १, २, ९ र १० नम्बर वडाको मत गणना सकिएको छ । चार वटै वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन । चार वटा वडाको मत गणना सकिँदा एमालेका प्रमुखका उम्मेदवार रामबहादुर बाँनिया ११५२ मतले अगाडि छन् । बाँनियाले २४४३ र काँग्रेसका रंग खातीले १२९१ मत पाएका छन् । यस्तै उपप्रमुखमा माया कुँवर ११०५ मतले अगाडि छन् । कुँवरले २४१७ र कााग्रेसका रिता शाहीले १३१२ मत पाएकी छन् ।

बुढीगंगामा ९१२८ मत खसेको छ । अब ३ र ८ को गणना सुरु भएको छ । गणना हुने ३ नम्बर वडा एमाले र ८ नम्बर वडा काँग्रेसको पकड रहेको बुझिएको छ ।

३ नम्बर वडा एमाले नेता लालबहादुर थापा, एमाले उपमेयरका उम्मेदवार माया कुँवर र काँग्रेसबाट उपमेयरका उम्मेदवार रिता शाहीको गृह वडा हो । ८ नम्बर एमाले मेयरका उम्मेदवार रामबहादुर बाँनीया र काँग्रेस बाजुराको दुई दशक नेतृत्व गरेका मनबहादुर रावलको गृह वडा हो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार ११:३७