बुढीगंगा २ मा पनि एमालेको प्यानल नै विजयी, अध्यक्षमा पदम बहादुर भण्डारी
२५ असार, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार पदमबहादुर भण्डारीको प्यानल नै भारी मतका साथ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विजयी भण्डारी राष्ट्रिय युवासंघ बाजुराका पूर्व अध्यक्ष हुन ! । भण्डारीले ८ सय ३८ त्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर थापाले २ सय ३५ मत प्राप्त गरेका छन । सदस्यहरूमा खड्कबहादुर रावत, धर्मराज जैशी, अप्सरादेवी थापा र चिनीपरी विश्वकर्मा विजयी भएका छन ।
वडा नम्बर २ बाट एमालेका मेयरको ८ सय ५१ काँग्रेस मेयरको २ सय २९ र एमाले उपमेयर ८ सय ५८ काँग्रेस उपमेयर २ सय १३ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : २५ असार २०७९, शनिबार ११:१६












