२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

बेलायतमा आत्महत्या गरेका अनिलको काठमाडाैँमा शालिक बन्ने, बालेनले छुट्टाए १५ लाख

२५ असार, काठमाडौँ । २०७३ सालमा बेलायतमा आत्महत्या गरेका गायक अनिल अधिकारी यमबुद्धको कमाठाडौँमा शालिक बन्ने भएको छ । काठमाडौँ माहानगरपालिकाले अनिलको शालिक बनाउनका लागि १५ लाख रूपैयाँ बजेट नै बिनियोजन गरेको छ ।

काठमाडौँको फुटपाथमा व्यापार गर्नेहरूमाथि कमिसन नपाएर महानगरका प्रहरीले दूर्व्यवहार गरिरहेको समयमा त्यही काठमाडौँ महानगरले वेलायतमा आत्महत्या गरेका अनिलको शालिक बनाउन बजेट विनियोजन गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘हिपहप र नेपहप जेनरा’को लागि अनिलले गरेको योगादनको कदर गर्दै शालिक बनाउने निर्णय भएको बुझिएको छ । महानगरले शालिक बनाउने निर्णयसहितको बजेट विनियोजन गरेको भए पनि कुन ठाउँमा बनाउने भन्ने कुनै निर्णय गरेको झैन ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार ११:०५