माओवादीको स्थायी समिति बैठक सुरू, चुनावी रणनीति तय गर्ने
२५ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति ६ महिनापछि पहिलो पटक सुरू भएको छ । यो ६ महिनाको बीचमा पूर्व स्थायी समिति बैठक गर्दै आएको माओवादीले शनिबार भने स्थायी समितिको पहिलो बैठक सुरू गरेको छ ।
पार्टी हेडक्वार्टर पेरिसडँडामा सुरू भएको बैठकले चुनावी रणनीति तय गर्ने बताइएको छ । महाधिवेशन भएको ८ महिनापछि बिहीबार माओवादीले पोलिटब्यूरो र स्थायी कमिटी टुंगो लगाएको थियो । माओवादी पदाधिकारी अझै टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार ०९:१५












