बाजुराको बुढीगंगा १ मा एमालेका रणबहादुर थापाको प्यानल नै विजयी
२४ असार, बाजुरा । बाजुराको बुढीगंगा १ मा एमालेका रणबहादुर थापाको प्यानल नै विजयी भएको छ । केहीबेरअघि सम्पन्न मतगणना अनुसार अध्यक्षमा ३५ मतान्तमा एमालेका रणबहादुर थापा विजयी भएका छन । कांग्रेसका लोगबहादुर थापा ३५ मतान्तरमा पराजित भएको मतगणनास्थलबाट पत्रकार कृष्ण ओलीले जानकारी दिए ।
विजयी रण बहादुर थापाले ३ सय ५३ मत प्राप्त गरेका छन । पराजित लोग बहादुर थापाले ३ सय १८ मत प्राप्त गरेका छन । सोही वडाबाट एमालेका मेयरको ३ सय ५० काँग्रेस मेयरको ३ सय ३८ र एमाले उपमेयर ३ सय ५० काँग्रेस उपमेयर ३ सय ३८ मत प्राप्त गरेका छन ।
२०७४ को स्थानीय चुनावमा कांग्रेसले जितेको यस वडामा यस पटक एमालेले जितेको हो । वडा सदस्यमा दिनेश परी र लोकेन्द्रबहादुर सिंह, बसन्तीदेवी पाध्य र जलु अग्री विजयी भएका छन।
प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार २२:०८












