६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

ज्ञानेन्द्रले सर्वदलीय स्वीकृतिमा पढेको ‘ड्राफ्ट’ आफूले तयार पारेकाे ओलीकाे खुलासा

२४ असार, काठमाडाैं । तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनःस्थापनाको घोषणा गर्दा पढेको ड्राफ्ट आफूले तयार गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खुलासा गरेका छन् ।

शुक्रबार काठमाडौंमा एमाले नेता छविलाल कार्कीको १२औं स्मृतिका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त खुलासा गरेका हुन् ।

उनले भने, ‘२०६३ साल वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय स्वीकृतिमा पार्टीले गरेको ड्राफ्ट पढेर सुनाएका थिए । त्यो ड्राफ्ट बल्खुमा पार्टी अफिस थियो, पार्टी अफिसको चौरमा एउटा रुद्राक्षको छेवैको चौरमा बसेर मैले गरेको थिएँ । त्यसले २ वटा कुरा गरेको थियो । मैले भंग गरेको संसद पुनःस्थापना गर्दिएको छु, दलीय व्यवस्था फर्काइदिएको छु, जनताको नासो जनतामा फर्काएको छु भनेर भन्या थे अथवा विघटित संसदको पुनःस्थापना भएको थियो, त्यति न हो ! त्यसकारण माओवादीको उद्देश्य अर्कै थियो । सटकट बाटोबाट सत्तामा पुग्ने, अस्थिरता सिर्जना गर्ने, देशको होइन अरुको भलाई गर्ने के–के उदेश्य थिए, ती उनीहरू भन्न सक्दैनन् ।’

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १९:३१