२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

एमाले नेताहरु चढेकाे गाडी दुर्घटना

२४ असार, काठमाडाैं । नेकपा (एमाले) का नेताहरु दुर्घटनामा परेका छन् । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा जाने क्रममा उनीहरु सवार गाडी सिन्धुलीको भिमानमा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परेर एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा एमाले नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देबराज राई लगायत नेताहरु घाइते भएका छन् ।

उनीहरुको प्राथमिक उपचारपछि हेलीकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको जनाइएकाे छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १६:२०