२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

अन्नपूर्ण मिडिया नेटवर्कले तलब नदिएपछि ११ पत्रकार श्रम कार्यालयको शरणमा

२४ असार, काठमाडाैँ । अन्नपूर्ण मिडिया नेटवर्कले तलब नदिएपछि ११ पत्रकार श्रम कार्यालयको शरणमा पुगेको छ । नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रा.लि (अन्नपूर्ण मिडिया नेटवर्क)मा काम गरेका तर तलब नपाएका ११ पत्रकारले संयुक्त रूपमा शुक्रबार श्रम कार्यालयमा मुद्दा हालेका हुन ।

पुष्पराज आचार्य, विमल आचार्य, सामीप्यराज तिमल्सेना, जीवन कुँवर, आकाश क्षेत्री, सृजना खड्‍का, पवन तिमल्सिना, केदार गौतम, लोकबहादुर कट्‌वाल, विनोदविक्रम केसी र संगीता श्रेष्ठले तलब नपाएपछि श्रम कार्यालयमा मुद्दा दिएका हुन । कोभिड-१९ को समयमा काम गरेबापत आधा मात्र तलब दिएपछि उनीहरूले तलबको माग गर्दै उजुरी दर्ता गरेको पीडित पत्रकार मध्येका एक जीवन कुँवरले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १५:०७