१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

सामूदायिक वनको २२ लाख कुम्ल्याउने समितिका अध्यक्षको अनुहारमा मोसो


२४ असार, काठमाडाैँ । सामूदायिक वनको २२ लाख कुम्लाउने एक अध्यक्षको अनुहारमा मोसो दलिएको छ । डडेल्धुराको आलिताल गाउँपालिका- ३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई २२ लाख हिनामिना गरेको अभियोगमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपाका कार्यकर्ताले मोसो दलेका हुन ।

उनीहरूले मोसो दलेपछि डिभिजन वन कार्यालय डडेल्धुराले सर्वजित मडैलाई  नियन्त्रणमा लिएको छ। वनको खातामा रहेको २२ लाख रुपैयाँ उनले झिकेका थिए । मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १४:५१