२१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026

काबेली करिडोरको निर्माणमा ढिलाई

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’ को निर्माणमा ढिलाइ भएको छ । दश वर्ष पहिले निर्माण प्रक्रिया अघि बढाइएको प्रसारण लाइनको कामले अपेक्षित गति लिन नसक्दा दोस्रोपटक थपिएको समय पनि सकिन लाग्दा आयोजनाको काम नसकिने देखिएको छ । दोस्रोपटक थपिएको म्याद सकिन लाग्दा आयोजना निर्माणको काम ७० प्रतिशतमात्र पूरा भएको छ ।

पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ १० वर्ष अघिदेखि करिडोर निर्माण प्रक्रिया अघि बढाइएको थियो ।करिडोर निर्माणको जिम्मा पाएका कम्पनीले निर्माण कार्यमा पर्याप्त जनशक्ति परिचालन गर्न नसक्दा कामले तीव्रता नपाएको काबेली करिडोरका प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ माघ २०७४, आईतवार ०४:०२