जनार्दनसहित आर्थिक अपराधमा संलग्न सबैलाई छानविन समितिले कठघरमा उभ्याउँछः भट्टराई
२२ असार, काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अार्थिक अपराधमा संलग्न रहेका जनार्दन शर्मासहित सबैलाई गठघरामा उभ्याउने बताएका छन । संसदले विशेष समिति घोषणा गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै प्रमुख सचेतक भट्टराईले यस्तो बताएका हुन ।
उनले भनेका छन, ‘अन्ततः एमालेले उठाएका दुबै माग पूरा-आरोपित र बिबादास्पद अर्थमन्त्री राजीनामा दिन बाध्य । सम्सदीय छानबिन समिति गठन। अब छानबिन समितिले जनार्दन र बजेट निर्माणमा भएका सबैखाले अनियमिततामा सम्लग्नहरुलाइ अदालतको कठघरामा उभ्याउने छ।’
त्यसअघ संसदले आर्थिक अपराधको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय छावनिन समिति घोषणा भएको थियो । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठकमा ११ सदस्यीय समिति घोषणा गरेका हुन ।
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर राजस्वको दर हेरफेर गराएपछि एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।
सहमति अनुसार ११ सदस्यी मितिमा एमालेबाट ४ जना, कांग्रेस र माओवादीबाट २र२ र गरी ४ जना र कीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १र१ जना सदस्य रहेका छन । समितिको संयोजक समितिले नै तोक्ने छ भने समितिले १० दिनमा आफ्नो प्रतिवेदन सभामुखलाइ पेश गर्नेछ ।
प्रकाशित मिति : २२ असार २०७९, बुधबार १६:५२












