‘नेसनल नलेज नेटवर्क’ नेपालमा पनि विस्तार गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रतिवद्धता
१४ भद्र, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकका सदस्य राष्ट्रहरु लागुऔषध ओसारपसार र अन्तरदेशीय आतंकवादको समस्याबाट छुटकारा पाउन एकजुट हुनुपर्ने बताएका छन ।
काठमाडौंमा जारी चौथो बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले हिमालय र बंगालको खाडी क्षेत्रका बिमस्टेक राष्ट्रहरु बाढी, भूकम्प जस्ता प्राकृतिक प्रकोप आइरहने हुँदा सबैले एक अर्कामा मानवीय सहयोग तथा प्रकोप राहतका क्षेत्रमा काम गर्नुपर्ने बताए ।
उनले विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्नेहरुका लागि तालीमको व्यवस्था गर्न भारत तयार रहेको बताए । मोदीले डिजिटल कनेक्टिभिटीको क्षेत्रमा भारतले आफ्नो ‘नेसनल नलेज नेटवर्क’ लाई श्रीलंका, भुटान तथा नेपालमा पनि विस्तार गर्नका लागि पहिलेदेखि नै प्रतिबद्ध रहेको स्पष्ट पारे ।
प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार १९:०५