१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बंगलादेशी प्रधानमन्त्री हसिनाले भनिन्, ओलीको मन्तव्य प्रेरणादायी

१४ भदौ, काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओेलीको मन्तव्यको प्रशंशा गरेकी छिन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सम्बोधन गर्दै बङ्गलादेशी प्रधानमन्त्री हसिनाले ओलीको प्रशंशा गर्दै उद्घाटन सत्रमा दिएको मन्तव्य प्ररेणदायी भएको बताइन ।

उनले राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा बिमस्टेकका सदस्य राष्ट्रको समृद्धि हुने बताइन । बङ्गलादेशी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी र भोकमरीको अन्त्य तथा सुरक्षा, पर्यटन, ऊर्जा र सम्पर्क सञ्जालको विकास र विस्तारमा जोड दिँदै दीगो विकासका लक्ष्यप्राप्तिका लागि साझा प्रयासमा जोड दिइन ।

उनले संस्कृति र सार्वजनिक स्वास्थ्यका लागि बिमस्टेकका सदस्य मुलुकले विशेष प्राथमिकता दिँदै जनतादेखि जनतासम्मको सम्पर्क विस्तार गर्नुपर्ने बताइन ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार १८:४६