५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

अर्थमन्त्रीको आर्थिक अपराध काण्डले माओवादी केन्द्रीय समिति बैठक स्थगित

२१ असार, काठमाडौँ । माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्यकिरणले जानकारी दिए । अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधकाण्ड चर्किएपछि त्यसको व्यवस्थापनमा काम गर्नुपर्ने भएकाले बैठक एक दिनका लागि स्थगित गरिएको माओवादी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १०:०२