६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

वडा अध्यक्षको पारिश्रमिकबाट विद्यालयमा शिक्षक, माओवादीमा नमुना देखिए मोहनसिंह


२० असार, अर्घाखाँची । अर्घाखाँचीका एकजना वडा अध्यक्षले आफ्नो पारिश्रमिकबाट तलव दिने गरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मोहनसिंह ठकुरीले आफूले पाउने पारिश्रमिकबाट तलव पाउने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्त गरेका हुन् ।

सन्धिखर्क नगरपालिका वडा नं. १० को धरम्पानीमा रहेको आदर्श आधारभुत विद्यालय र वडा नं. १० कै गच्छेगैरामा रहेको अरनिको आधारभुत विद्यालयमा एक–एकजना शिक्षक नियुक्त गरेको अध्यक्ष ठकुरीले जानकारी दिए ।

तल्लो कक्षामा अंग्रेजी विषय पठाउनका लागि १२१२ हजार बरावर तलब पाउने गरी दुईजना शिक्षक नियुक्त गरिएको हो । शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षक संख्या कम भएका स्कुलहरूमा शिक्षक नियुक्त गरेका हौँ’, ठकुरीले भने, ‘मैले पाउने पारिश्रमिकबाट उहाँहररूले तलब प्राप्त गर्नुहुनेछ ।’

वडामा रहेका सवै स्कुलमा अध्ययनरत कक्षा १ का सवै विद्यार्थीहरुका लागि आफ्नो पारिश्रमिकबाटै किताव, कापी, पेन्सिल जस्ता शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको समेत ठकुरीले जानकारी दिए । यही शैक्षिक सत्रबाट कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेकाेसमेत उनले जानकारी दिए ।

अंग्रेजी माध्यमकाे पढाईको सुरुवात गरिएसँगै शिक्षामा केही परिवर्तनको अनुभूति गरिएको ठकुरीको भनाई छ । सवै विद्यालयहरुमा प्रोजेक्टर र ल्यापटप थपिदै गरेको बताउदै ठकुरीले वडाभर करीव ३५० हाराहारी विद्यार्थीहरुले सामुदायिक विद्यालयमा पढ्ने जानकारी दिए ।

वैशाख ३० को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका उनी सो पार्टीभित्रको पनि नमुना बनेर प्रस्तुत भएका छन । उनकै पार्टीको केन्द्रीय नेता अर्थमन्त्री जनार्दन शर्माले गरेको आर्थिक अपराध लुकाउन सीसीटिभीको फुटेज नै मेटाइरहेको समयमा स्थानीय सरकारमा निर्वाचित भएका केही माओवादी नेताहरू भने नमुना देखिएका छन ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार ०९:२०