माधव नेपालको घरमै पुगे नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव
१८ असार, काठमाडाैँ । नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घर(निवास)मै पुगेका छन । शिष्टाचार भेटका लागि राजदूत नवीन श्रीवास्तव नेपालको निवासमा पुगेको नेपालका स्वकीय सचिव मोहन गाैतमले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन ।
नेपालले भेटमा श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए । गाैतमका अनुसार भेटका क्रममा नेपाल भारत-सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा समेत दुई जनाकोबीचमा कुराकानी भएको थियो ।
प्रकाशित मिति : १८ असार २०७९, शनिबार १९:०७












