६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड)मा नयाँ नेतृत्व, अध्यक्षमा पहारी र सचिवमा त्रिपाठी

१४ असार, स्कटल्याण्ड । प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड)ले नयाँ नेतृत्व पाएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख अातिथ्यतामा भएको भेलाले जोनी पहारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सचिव निर्देशन त्रिपाठीले दैनिकीलाई जानकारी दिए ।

अधिवेशनबाट मञ्चको उपाध्यक्षमा यज्ञ ढकाल, सचिवमा निर्देशन त्रिपाठी, सह-सचिवमा मोति खरेल चयन भएका छन । अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यमा तोया सापकोटा, उद्दव भट्टराई र प्रवेश केसी रहेका छन ।

प्रमुख अतिथि पाण्डेले ज्ञान, सीप र पुँजी लिएर नेपाल फर्किन अपिल गरे । उनले नेपालको वर्तमान अर्थ राजनीतिका बारेमा लामो व्याख्या गरेका थिए । अधिवेशनमा एमाले नेताहरू कृष्ण दाहाल, पदम गिरी, जयकुमार राई, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ, प्रवासी नेपाली मञ्च युके राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलिया, संगठन विभाग प्रमुख तुङ भुसाल, एनअारएन स्कटल्याण्डका संरक्षक भोला खनाल लगायले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार २०:४८