११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

ब्रदर्श युनाइटेड क्लबमा नयाँ नेतृत्व, फुटबलको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै

१० असार, एडिलेड । ब्रदर्श युनाइटेड फुटवल क्लब(बियुएफसी) एडिलेडको साधारणसभाले विकास महर्जनको नेतृत्वमा कार्यसमिति निर्माण गरेको छ । २०२२-२४ का लागि समितिमा अध्यक्षमा महर्जन सहित उपाध्यक्ष सन्तोष ढकाल, सचिब उमेश बुढाथोकी, सह सचिव साबा डिसी, कोषाध्यक्ष बिक्रम श्रेष्ठ, जनसम्पर्क अधिकृत रज्नेश श्रेष्ठ रहेछ छन् भने सदस्यहरुमा एलिजा ढकाल, बिष्णु थापा मगर, युवराज थापा, मोहन गुरुङ, सुदिप सिल्वाल, राज लामा, ज्ञानेन्द्र तामाङ, नबिन पुन, श्रीजंग गुरुङ, सुदेश बटाजु र अनिल महर्जन रहेका छन् ।

पुनः अध्यक्षमा निर्वाचित विकास महर्जन ।

नव निर्वाचित समितिका सचिव उमेश बुढाथोकीले आगामी बर्ष क्लवको मुख्य आयोजनामा बियुएफसी कप आयोजना गर्ने तथा अन्य सामाजिक कार्यहरु गर्ने बताए । उनले निकट भविष्यमा बस्ने कार्य समिति बैठकबाट क्लवको बार्षिक क्यालेन्डर निर्माण गरेर अगाडि बढ्ने जानकारी दिए ।

२०१८ मा औपचारिक दर्ता गरिएको क्लवले विगत वर्षहरु देखी नेपाली समुदाय विचमा फुटवल खेल तथा अन्य सामाजिक कार्यहरुमा क्रियाशिल हुदै आएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ०९:५१