१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

जयजयकार गर्नेहरुको बथान बनाउनु छैन (गजल)

–शम्भु पुडासैनी
कमाएर ठुला ठुला मकान बनाउनु छैन
द्रब्यले भरिभराउ दोकान बनाउनु छैन ।।

आफ्नै यथार्थमामा ज्युने बानी परेकोछ
आडम्बर युक्त खोक्रो सान बनाउनु छैन।।

चम्चे भक्तहरु त धेरै नै भेटिन्छ्न यहाँ
एउटालाई गिराएर अर्को महान बनाउनु छैन ।।

सहयोग भनि आफुचाही मागेर अरुसँग
परोपकार गर्नको लागि दान बनाउनु छैन ।।

मन बुझ्ने एक जनाकै साहरा काफी हुन्छ
जयजयकार गर्नेहरुको बथान बनाउनु छैन ।।

हालः दक्षिण कोरिया

प्रकाशित मिति : August 28, 2018 at 5:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/