९ असार २०८१, आईतवार | Sun Jun 23 2024

जैविक विविधता संरक्षण गर्नु आजको आवश्यकता : एनसाव नेपाल


८ असार, जुम्ला । पृथ्वीमा प्राप्त हुने सजीव प्राणी, वनस्पति, जीव–जीवात्मा र तिनीहरूमा प्राप्त हुने विविधता अर्थात् पृथक् प्रवृत्ति वा गुणलाई जैविक विविधता भन्ने गरिएको एनसाव नेपालले जनाएको छ ।

जुम्लाका सामुदायिक वनले काठ उत्पादनमा मात्रै नभएर जैविक विविधता संरक्षणमा पनि ध्यान दिनुपर्ने एनसावले जनाएको हो । जुम्लामा कुट्की, वनलसुन, जटामसी, कमदचाल जस्ता जडिबुटीको संरक्षण र अनुसन्धान गर्दै आएको एनसाव नेपालका फिल्ड संयोजक श्रमाणकुमार बस्नेतले बताए ।
नेपाल सरकारको वन मन्त्रालय साझेदारी निकाय एनसाव उनले भएको बताए । वनको क्षेत्रमा काम गर्ने निकायले जैविक विविधता संरक्षणमा चासो नदिइएको खण्डमा यस्ता खलका जडिबुटी लोपोन्मुख हुन सक्ने उनले बताए ।

जैविक विविधताको संरक्षण गरी यहाँका पाँच हजार नागरिकको जीवनस्तर माथि उकास्ने लक्ष्य रहेको बस्नेतले बताए । एनसावले आयोजना गरेको प्राङगारिकता तथा फेयरवाइल्ड प्रमाणीकरणका लागी सामुदायिक वन कार्ययोजनामा भएका अधिकारकर्मीहरूबीच कार्यशाला गोष्ठी गरिएको छ । एनसावले जुम्ला र हुम्लामा हिमाली परियोजना अन्तर्गत कार्यक्रम गरेको हो ।

यसले ३० वटा सामुदायिक वनमा काम गर्दै आएको छ । जुम्लाको नदाइ, महारुद्र, चुकुटी, देउराली सामुदायिक वनमा रहेका स्रोतको व्यवस्थापन सम्बन्धी काम गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १८:५९