९ असार २०८१, आईतवार | Sun Jun 23 2024

निर्वाचन आयोगद्धारा खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही सिफारिस गर्न निर्देशन


८ असार, काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने हुन्छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन कार्यालयलाई निर्देशन दिँदै भनेको छ, ‘हालसम्म सम्बन्धित उम्मेदवारले कानुनबमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए/नबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टै तयार गरी आवश्यक कारबाहीको लागि सिफारिससहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।’

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १८:२५