९ असार २०८१, आईतवार | Sun Jun 23 2024

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक


८ असार, भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ ।

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मङ्सिर २०४० मा विवाह भएको थियो । डा. सुवेग र सुवान गरी उनका दुई छोरा छन् ।

लामो समयसम्म शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उनी उपचाररत थिइन् ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १८:०३