१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

निषेध र प्रतिशोधले पार्टी कमजोर हुने भन्दै नेतृत्वलार्इ योगेशले दिए सात बुँदे सुझाव

१२ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेर धेरै कामले गति लिएका छन । यद्पी मातहतका कमिटीको एकीकरण अहिले पेचिलो बनेको छ । दुर्इ दिनदेखि माधवकुमार नेपाल पक्षीय नेताले अाफ्नो भाग नपाए समानान्तर समिति बनाउने चेतावनी दिएकाे भन्दै समाचारहरू सार्वजनिक भएपछि स्थायी कमिटीका सदस्य समेत रहेका सांसद योगेश भट्टरार्इ नेतृत्वलार्इ सात बुँदे सुझाव फेसकुब मार्फत दिएका छन । भट्टरार्इले फेसबुक मार्फत दिएको सात बुँदे सुझाव यस्तो रहेकोछ ।

पार्टीका मातहत कमिटी र मोर्चा संगठनहरुको एकीकरण सम्बन्धमा मेरा केही भनाई
१. तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका बीचको एकता आजको युगको एेतिहासिक परिघटना हो । यसको युगान्तकारी महत्व छ । यो एकताको रक्षा गर्नु र सहि सैद्धान्तिक जगमा यसलाई अझ सुद्रिढ गर्नु आज हामी सबैको पहिलो दायित्व र जिम्मेवारी हो । पार्टी एकताको बिन्दुसम्म पुर्याउन नेत्रीत्व गर्ने मुख्य नेताद्वय केपी अोली र प्रचन्ड, यसमा सकारत्मक भूमिका निर्बाह गर्नुहुने बिरिस्ठ नेताहरु, बिभिन्न तहका नेता तथा कार्यकर्ताहरु सबैलाई इतिहासले सलाम गर्नेछ । आफ्नो मतद्वारा पार्टी एकतामा दाबाब सिर्जना गर्ने नेपाली जनताप्रति हाम्रो शिर सदैब निहुरिरहने छ ।

२. पार्टी एकीकरणसंगै केन्द्रिय कमिटीको निर्माण, स्थायी समिती तथा सचिबालयको गठन, पदीय ब्यबस्थापन आदी बिषयमा समेत केही असन्तुस्टी रहेका थिए । अनेकौ राष्ट्रिय एजेण्डाका बीचमा पार्टी एकताको कार्य हतारमा गर्नुपर्दाको कारण केही कमजोरी भयोहोला भनेर नेत्रित्वलाई शंकाको सुबिधा दिनु उपयुक्त हुन्छ । यध्यपी पारदर्शी र लोकतान्त्रिक बिधि तथा सहभागितामुलक प्रकृयालाई ब्यबस्थित गर्न सकेको भए कमजोरिलाई न्युनिकरण गर्न सकिन्थ्यो ।

३. तल्ला कमिटी र मोर्चा संगठनको एकीकरणका लागि गठन गरिएका कार्यदलहरुले अत्यन्तै जिम्मेवारीपुर्बक संगठनको एकीकरणका लागि काम गरिरहेका छन् । म कार्यदलका सबै कमरेडहरुले गर्नु भएको मेहनतको प्रशँसा गर्दछु । जनप्रतिनिधिहरुको पार्टी जिम्मेवारीका सन्दर्भमा केन्द्रीय सचिबालयले केहि मापदण्ड निर्धारण गरी सर्कुलर जारी गर्‍यो तर अन्यको हकमा कुनै मापदण्ड निश्चित नगरिदिदा आज सार्वजनिक भएका समस्याहरु उत्पत्ती भएका हुन भन्ने मलाई लाग्दछ । जनप्रतिनिधिका हकमा मापदण्ड जारी गर्ने केन्द्रीय सचिबालयले मातहतको कमिटी निर्माणमा भने किन मापदण्ड तोकेन र कार्यदललाई मनखुशी गर्न छुट दियो ? यो प्रश्न भने मेरो मनमा उब्जिरहेको छ । यत्रो बिशाल संरचना भएको र युगिन जिम्मेवारी बोकेको राजनीतिक पार्टी निश्चित मापदण्ड, लोकतान्त्रिक प्रकृया, पारदर्शिता र सहभागितामुलक बिधिबाट बाहेक अन्यथा तरिकाबाट चल्न र संचालन हुनै सक्दैन् ।

४. समय घर्केको छैन । बिग्रिनु पूर्व नै सच्याउने काम गरौ । यसका लागि पार्टीका तहगत कमिटी र मोर्चा संगठनको एकीकरणमा निम्नानुसारको मापदन्ड लागु गरौ
क. कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्बाचित भएको छैन भने अब बन्ने एकिक्रित कमिटीको अध्यक्ष उसैलाई बनाऔ । यदी अध्यक्ष जनप्रतिनिधिमा निर्बाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिउँ । उपाध्यक्ष पनि त्यस्तै भए सचिबलाई र सचिब पनि त्यस्तै भए उपसचिबलाई जिम्मेवारी दिउँ । पदाधिकारी सबै जनप्रतिनिधि भएमा सहमतिकासाथ बरिस्ठ सदस्य मध्येबाट् जिम्मेवारी दिने ब्यबस्था मिलाऔ ।
ख. मोर्चा संगठन, संपर्क कमिटी/ मंच र प्रबास कमिटीमा पनि यहि मापदन्ड लागु गरौ ।
ग. आउने एकबर्षभित्रमा सबै प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउका साथै जनसंगठनहरुका अधिबेशनहरु सम्पन्न गरौ । त्यसक्रममा सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक बिधिबाट नेत्रित्वको छनोट गरौ ।

५. एमाले र माओवादी बीचको एकीकरण दुईवटा पार्टी समाप्त भएर नयाँ पार्टी बनेको होइन । दुईवटा पार्टीको एकता भएर एकिक्रित स्वरुपमा रुपान्तरण भएको हो । यहि संगठनात्मक सिद्धान्तमा उभिएर केन्द्रमा कमिटी र नित्रित्व रुपान्तरित भएको हो । जसलाई पार्टीले संक्रमणकालिन अवस्था भनेको छ । मातहतमा पनि यहि सिद्धान्तलाई पछ्याउनु पर्दछ ।

६. यो एकताको बेला हो । यो जटिल र संबेदनशिल बेला पनि हो । यस्तो बेलामा अनाबश्यक ढंगले समस्या उत्पन्न गर्नु कुनै पनि मानेमा राम्रो मानिने छैन् । त्यसमा पनि पार्टी र सरकार माथि चौतर्फी आक्रमण भैरहेको बेलामा सिगो पार्टी अझ एकताबद्ध भएर त्यसको सामना गर्नु पर्नेमा पार्टीभित्र निशेध र प्रतिसोधको व्यबहार मार्फत पार्टीलाई कमजोर बनाउने हर्कतहरुलाई इतिहासले क्षमा गर्ने छैन ।

७. आदरणीय नेताद्वय कमरेड केपी ओली र कमरेड प्रचन्ड, पार्टी एकताको घोषणासंगै सात दशक लामो प्रयत्नलाई आफ्नो कालमा सार्थक बनाउनु भयो, तपाईंहरुलाई ईतिहासले सलाम गरेको छ र जुगजुगसम्म अमर हुनुहुने छ । सायद तपाईंहरुको जिन्दगीमा योभन्दा युगान्तकारी उपलब्धि अर्को हुनुछैन । आजको दिनमा नेपाल कम्युनिस्ट पार्टीका लाखौं लाख कार्यकर्ताहरुले तपाईंहरुबाट न्याय र समानता खोजेका छन, एउटा असल अबिभाबकको भूमिका खोजेका छन् । मेरो कठोर बिश्वस् छ – हजारौ चुनौती र अप्ठ्यारामाथि खरो उत्रैदै आउनु भएका तपाईहरु आफ्नै कार्यकर्ताका यि अपेक्षामा पनि सफल बन्नु हुनेछ ।

नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण कमरेडहरु पार्टी कमिटीहरुको एकीकरणका सन्दर्भमा केहि तिता समाचारहरु सार्वजनिक भएकोप्रति मलाई चिन्ता लागेर यो टिप्पणी सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेको हुँ । पार्टी स्थायी समितिको बैठक केहि ढिला गरी डाकिएको कारण नेत्रित्व समक्ष सुझाबका रुपमा यो टिप्पणी प्रस्तुत गरेको छु । पार्टी एकताप्रतिको मेरो विश्वाश र पहलकदमी अटुट रहने छ । सबैले सकारात्मक योगदान गरौ ।
धन्यवाद !

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार ०७:४३