मन्त्रीलार्इ सुझाव दिन डलर खर्च गर्छन राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनी
१२ भदाै, काठमाडाैँ । राजनीतिक दलका नेताहरूमा सामाजिक सञ्जालप्रतिको मोह बढ्दो छ । प्राय सबै शीर्ष नेता नयाँ र ताजा सूचना तथा जानकारी अदानप्रदानमा शक्तिशाली बनेको फेसबुक प्रयोगमा रहेका छन । हुनतः पछिल्लो समय नेपाल सरकारले कार्यविधिनै तयार गरेर सबै निकायलार्इ सामाजिक सञ्जालको प्रयोग गर्न निर्देशन दिएको छ ।
नेपालमा सामाजिक सञ्जालको प्रयोग र महत्व बढ्दै गएकोमा कुनै शंका छैन । गत निर्वाचनदेखि फेसबुक एकाउन्ट सञ्चालन गरेका कतिपय नेताले फेसबुक अपडेट गर्न छाडे पनि केही नेताहरू भने अाफूले फेसबुकमा लेखेका स्टाटस समेत डलर खर्च गरेर बुस्ट गर्ने गरेका छन । त्यस्तै मध्येका एक हुन राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी ।
डा लोहनीले तरकारीबजार अनुगमन गरेर कारबाही गर्न देखाएकाे तदारूकताका लागि धन्यवाद दिँदै एउटा सुझाव दिएका छन । उनले यही सुझावसहितको स्टाटस डलर खर्च गरेर बुस्ट गरेका छन । २६ अगष्टमा उनले बुस्ट गरेको स्टाटस अाजसम्म स्पाेन्सरमै रहेको छ । धेरैभन्दा धेरै फेसबुक प्रयोगकर्ताले अाफ्नो सुझाव पढ्नु भनेर उनले यसो गरेका हुन । निर्वाचनका सयमा धेरै उम्मेदवारहरूले पनि यसैगरी अाफ्नो प्रचार गर्ने गरेका थिए ।
प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार ०७:३१