निजी क्षेत्रबाट सञ्चालित शिक्षा र स्वास्थ्य संस्था बन्द गर्ने तयारीमा सरकारः याेगेश भट्टरार्इ
११ भदाै, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले निजी क्षेत्रबाट सञ्चालित शिक्षा र स्वास्थ्य संस्था बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै नेता भट्टरार्इले अब सरकारले निजी क्षेत्रबाट संचालित शिक्षा र स्वास्थ्य संस्था बन्द गर्ने तयारी गरिरहेको जानकारी दिए ।
नेता भट्टराईले मौलिक हकमा रहेको शिक्षाको उचित व्यवस्था गर्न ढिलाई नहुने बताए । उनले सबै नागरिकको शिक्षा र स्वास्थ्य दायित्व लिन सरकार प्रतिवद्ध रहेको दाबी गरेका थिए । नेता भट्टरार्इले वर्षौ समानताको हकका लागि लडेको आफ्नो पार्टी नेतृत्वको सरकारले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनेमा शंका नगर्न अाग्रह गरे ।
उनले मापदण्ड विपरित संचालित मेडिकल कलेज खारेज गर्न सरकारलार्इ अाग्रह समेत गरे । नेता भट्टरार्इले सरकारी तथा निजी क्षेत्रमा सञ्चालित मेडिकल कलेज छानविन गरी मापदण्ड विपरित रहेका कलेज तत्काल खारेज गर्न सरकारलार्इ अाग्रह गरे ।
प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार १५:१७