लेनिन विष्टलार्इ विदेश जान रोकेकोबारे प्रधानमन्त्रीले गृहमन्त्रालयसँग मागे २४ घण्टे स्पष्टिकरण
११ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माअोवादी लडाकू लेनिन विष्टलाई विदेश जान राेकेर विमानस्थलबाटै फर्काएको घटनाबारे गृह मन्त्रालयसँग स्पष्टीकरण मागेका छन ।
विष्टलार्इ विमानस्थलबाट फर्काइएको विषयमा चर्को अालोचना भएपछि अोलीले सोमबार गाइजात्राकै दिन २४ घण्टे स्पष्टिकरण मागेका हुन । थाइल्याण्डमा हुन लागेको एक कार्यक्रममा जान लाग्दा विष्टलाई विमानस्थलबाट फर्काइएको थियो ।
प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार १२:४३