प्रकाश डुम्रेको नेतृत्वमा रहेको क्रान्तिकारी पत्रकार संगठन गोलबन्द हुन नेकपाकाे अाग्रह
११ भदाै, काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले आफू निकट क्रान्तिकारी पत्रकार संगठनको नेतृत्वबारे गलत प्रचार भएको भन्दै ध्यानकर्षण भएको जनाएको छ । केहीदिन अघि विना हस्ताक्षर केन्द्रीय सदस्यहरुको नाममा जारी विज्ञप्ति आएपनि संगठनको मातृ पार्टी नेकपाले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
नेकपाको केन्द्रीय कार्यालयले निकाल्दै प्रकाश डुम्रे अध्यक्ष रहेको टिम नै आधिकारिक रहेको उल्लेख गर्दै भनेको छ ,‘संगठनमा रहेका केही सदस्यहरुले संगठनको नीति र मर्यादा मिचेर वक्तब्यबाजी गरिरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’नेकपाले गलत प्रचारकोपछि नलाग्न र प्रकाश डुम्रेको नेतृत्वमा रहेको टिम नै आधिकारिक रहेको जनाएको छ । सबै सदस्यलाई डुुम्रे नेतृत्वमा गोलबन्द हुन आग्रह गरेको छ ।
काठमाण्डौंमा भएको तेस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्रले मातृ पार्टी नेकपालाई पदाधिकारी चयन गर्ने जिम्मा दिएको थियो । नेकपाले प्रकाश डुम्रे अध्यक्ष रहने गरि उपाध्यक्ष डिल्ली रावत, महासचिवमा हिम विष्ट, सचिवमा सृजना तिमिल्सिना र कोषाअध्यक्षमा जानकी दहितलाई जिम्बेवारी दिने निर्णय गरेको थियो ।
तर, केही सिमित व्यक्तिले असन्तुष्टी जनाउँदै संगठनको लेटरप्याड र संगठनका सदस्यहरुको नाम दुरुपयोग गरि प्रचार गरेको अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिनुभयो । पछिल्लो समय ४० जना केन्द्रीय सदस्य भन्दै हस्ताक्षर विना संगठनको लेटर प्याड र छाप दुरुपयोग गरेर विज्ञप्ति जारी भएको थियो । विभिन्न सञ्चारमाध्याममा क्रान्तिकारी पत्रकार संगठन फूटको संघार भनेर प्रचारबाजी गरिएको थियो ।
प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार १२:२४