३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

बढ्यो नेपाल भित्रने रेमिट्यान्स, पछिल्लो दश महिनामा भित्रियो ८ खर्ब ११ अर्ब

२७ जेठ, काठमाडौं । नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आथिक वर्ष २०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षमा रेमिट्यान्स अमेरिकी डलरमा १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार १५:५५