सयपत्री हाइड्रोपावरकाे आईपीओ असार २ गतेदेखि निष्काशन हुने
२४ जेठ, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि निष्काशन गर्ने भएको हो ।
कम्पनीको आईपीओमा छिटोमा असार १६ गतेसम्म आवेदन सकिने छ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने समय ढिलोमा असार ३१ गतेसम्म लम्बिने छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तासम्म र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार ११:२५












