मन्दाकिनी हाइड्रोको आईपीओ असार १ गतेदेखि भर्न सकिने
२३ जेठ, काठमाडाैँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा असार १ गतेदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९ सय रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लाख ८८ हजा ३७ कित्ता निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ५ लाख ८८ हजार ३७ सय कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ ९साविककको सार्दिखोला गा।वि।स।, घाचोक गा।वि।स।, गाहाचोक गा।वि।स। र धिताल गा।वि।स।का बासिन्दाहरुका छुट्याईएको छ ।
स्थानीयले लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा छिटोमा असार १५ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आईपीओमा मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौँ, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १३:१५