९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

अन्नपूर्ण केवलकारमा मुक्तिनाथ विकास बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

२३ जेठ, काठमाडाैँ । मुक्तिनाथ विकास बैंक र पोखरा अन्नपूर्ण केवलकारबीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झाैतासँगै पोखरा अन्नपूर्ण केवलकारमा बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले केवलकारको सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन ।

पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केवलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केवलकारको टप स्टेसन सराङकोटमा स्विइङ , स्काई साइकिलिङ, टावर रेष्टुरेन्ट लगायतका अन्य विभिन्न सेवाहरु उपलब्ध छ ।

उक्त कार्यक्रममा बैंककातर्फबाट गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी र अन्य कर्मचारीहरुको उपस्थिति तथा अन्नपूर्ण केवलकारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ११:४२