९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

सेञ्चुरी बैंक र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटीबीच छुट सम्झाैतामा हस्ताक्षर

२२ जेठ, काठमाडाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटी प्रा.लि.बीच विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थ ग्रुपको देशभरि संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ ग्रुपका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठूले हस्ताक्षर गरे । बैंकका १४३शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १३:१९