राष्ट्रिय जनावर गार्इ बिरोधी बाबुराम, एउटै जनावरलाई राष्ट्रिय भनि मान्यता दिएकोमा अापत्ति
१० भदाै, काठमाडाैँ । प्रतिनिधिसभाका सदस्य डा बाबुराम भट्टराईले गार्इलार्इ राष्ट्रिय जनावर घोषणा गरिएकोमा अापत्ति जनाएका छन । अाइतबारको संसद बैठकमा विशेष समय लिएर बोल्दा गार्इलार्इ राष्ट्रिय जनावर घोषणा गरिएकोमा भट्टरार्इले अापत्ति जनाए ।
उनले अल्पसङ्ख्यकको धार्मिक अधिकारको संरक्षण गर्न माग गर्दै एउटै जनावरलाई राष्ट्रिय भनी मान्यता नदिन अाग्रह गरे । डा भट्टरार्इले फौजदारी र देवानी संहितामा भएका कमजोरी एवं त्रुटि सच्याउन सरकारको ध्यानाकर्षण पनि गराए ।
उनले विधेयकमा गम्भीर छलफल नगरी पारित गर्दा कार्यान्वयनका बेला समस्या आउने गरेकाले आवश्यकताबमोजिम बहस हुनुपर्नेमा जोड दिए । संसद्मा दर्ता भएका विधेयकमा महिलालाई अर्धाङ्गिनी भन्ने भावका भाषाको प्रयोग गरिएको भनी आपत्ति जनाउँदै डा भट्टराईले नागरिकतामा बाबुको पहिचान हुनैपर्छ भन्ने प्रावधान पनि विभेदपूर्ण रहेको बताए ।
प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार १६:२२