१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

तास्मानिया ओएनएफले रक्तदान र निःशुल्क अभिभावक वनभोज गर्दै

२० जेठ, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च तास्मानिया राज्य समितिले अष्ट्रेलियाको राष्ट्रिय रक्तदान सप्ताहको सन्दर्भमा रक्तदान कार्यक्रम र नेपालबाट आएका अभिभावकहरुका लागि वनभोज गर्ने भएको छ ।

मञ्चका तास्मानिया अध्यक्ष मुगेन गौतमका अनुसार रक्तदान यही जुन १३ देखी १९ सम्म हुन भएको छ | उक्त कार्यक्रम होबार्ट र लंचेस्टन गरी दुई ठाऊमा हुने छ । अष्ट्रेलियाको राष्ट्रिय रक्तदान सप्ताहको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

मञ्चले नेपाल र नेपाली समुदाय प्रति उत्तरदायी भएर विभिन्न कार्यक्रम गर्दै आएको र रक्तदान कार्यक्रम सम्पुर्ण तास्मानियाकै सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको अध्यक्ष गौतमले बताए । यसैगरी मञ्चले नेपालबाट तास्मानिया भ्रमणमा आउनु भएका अभिभावकहरुका लागि आगामी जुन २५ मा लंचेस्टनमा वनभोज आयोजना गर्ने भएको छ ।

अध्यक्ष गौतमले अभिभावकहरुलाइ वनभोज विशेष हुने बताए । वनभोज कार्यक्रममा अभिभावकलाई खुसी बनाउन मिठामिठा परिकार, नाचगान व्यवस्था गरिने भएको छ । सहभागी हुन चाहने अभिभावकका परिबारका सदस्यहरुले यथासक्य जुन १८ भित्र नाम दर्ता गर्न समेत अनुरोध गरिएको छ । अभिभावक र वालवालिकाहरुका लागि निःशुल्क भएको र अन्यका लागि अष्ट्रेलियन डलर ३० शुल्क रहेको वनभोजमा आफ्ना अभिभावकलाई सहभागी गराएर रमाइलो गराइदिन हुन ओएनएफ तास्मेनियाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार १४:३७