प्रधानन्यायाधीशमा अयोग्य जोशीका निम्ति सडक अान्दोलनमा कांग्रेसको भ्रातृ संस्था नेविसंघ
१० भदाै, काठमाडाैँ । प्रधानन्यायाधीशमा अायोग्य भएका दीपकराज जोशीको पक्षमा नेपाल विद्यार्थीसंघ सडकमा निस्किएको छ । संसदीय सुनुवाइ प्रक्रियाबाट अयोग्य ठहरीएका जोशीलार्इ न्यायिक पुनरवाहाली गर्न माग गर्दै सडकमा निस्किएको हो ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलार्इ कानुनी कठघरामा उभ्याउन दबाब दिन भनेर शनिबार काठमाडाैँमा अायोजित नेपाल विद्यार्थी संघको प्रदर्शन सरकारको बिरोध र दीपकराज जोशीकाे साहानभुतिका लागि धेरै देखियो ।
प्रदर्शनमा निस्किएका नेविसंघका नेता कार्यकर्ताले दीपकराज जोशीको पुनरवहालीको माग गरिएको प्लेकार्ड मात्र बेकेनन् सबैभन्दा बढी नारा त्यसैको लगाए । जोशीमाथि अन्याय भएको भन्दै उनीहरू स्तब्ध थिए ।
जोशीले एसएसली उत्तीर्ण गरेको विषय र उनले गरेका फैसलाहरूको विषय सबै प्रश्नै प्रश्नको घेरमा अाएपछि संसदीय सुनुवाइ विशेष समितिले केही अध्ययन गर्दा कीर्ते गरेको भेटिएपछि अस्वीकार गर्ने निर्णय लिएको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की माथि महाअभियोग लाग्दा चुँ समेत नबोलेको नेपाल बार एसोसिएसन यसपटक जोशी प्रकरणमा विज्ञप्ति नै निकालेर स्तब्ध बन्यो ।
नेपाली कांग्रेसले अाफ्ना शुभेच्छु र समर्थक रहेका संघसंस्था सबैलार्इ शान्त रूपमा प्रधानन्यायाधीशमा अयोग्य जोशीका निम्ति अान्दोलित बनायो । नेपाल विद्यार्थी संघको निर्मलाको बहानामा गरेको प्रदर्शन जस्तै गर्छ कि जोशीकै निम्ति अझ धेरै अन्दोलन गर्नेमा कुनै शंका छैन ।
प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार १०:०७