१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

समाजसेवाको नाममा भाषणमात्र गर्दै हिड्ने नेताहरू कसरी भए कराेडाैँका मालिक ?

–स्वागत नेपाल

शुरुमा सानो तथ्य-

संसारमा नेपाल मात्र यस्तो देश हो जुन देशका पत्रकारहरु आफ्नो देशमा रहेको विदेशी राजदूत जिल्ला जिल्ला दौडिएर एम्बुलेन्स बााड्दै र विद्यालयहरु उद्घाटन गर्दै हिँड्दा उसको पछिपछि लागेर समाचार लेख्छन्, भिडियो रिपोर्टिंग गर्छन् तर त्यो विदेशी राजदूत मेरो देशको परराष्ट्र मन्त्रालयको अनुमति लिएर जिल्ला आयो नलिइकन भन्ने खोज्दैनन्, त्यस्तो समाचार बनाउँदैनन् । तर, संसारको कुनै पनि देशका दूतावास बाहिरको शहरमा राजदूत जाँदा त्यस्तो अनुमति लिनुपर्ने हुन्छ, तर हस्तक्षेप मानिन्छ । नेपालका राजदूतले अरु देशमा पनि त्यसै अनुमति लिनुपर्ने हुन्छ ।

अर्को कुरा, रातदिन काम गर्नेहरु २४सै घण्टा देश र जनताका लागि खट्दा समयमा खानपान नमिलेर गएको केही वर्ष वीचमा ९ जना पत्रकारहरुको किड्नीको समस्याका कारण निधन भएको छ तर देश र जनताकै लागि भनेर राजनीति गरेर आफूले जीवनमा एउटा पनि जागीर नखाई, कुनै कम्पनीको मालिक नभई, कुनै सीप क्षमता र कलाबाट पनि कुनै पारिश्रमिक नपाई, कुनै पैसा आउने कामै नगरी नेताहरुको चाहिँ सम्पत्ति कसरी यति धेरै भयो, कसरी हरेक कन्स्कट्रक्सन, हस्पिटलहरुमा उनीहरुको शेयर भयो ? कसरी तिनको परिवारको नै मोजमस्तीपूर्ण जीवन भयो ?

साथीहरु,

यतिबेला एक स्वतन्त्र अभियानको समूहमा स्वतन्त्र नागरिकहरु, अधिवक्ता, सञ्चारकर्मीहरु, अधिकारकर्मीहरु, चिकित्सकहरु र इञ्जिनियरहरु समेतको एउटा समूह यतिबेला मेची महाकाली जनतालाई जगाउन अभियान नै शुरु गरेर हिँड्न लागेका छौँ । हामी खाजा सामल, ग्यास, चुल्हो बोकेर, टेन्ट समेत लिएर जहाँ रात पर्छ त्यहीँ सुतेर फेरि विहान हुने बित्तिकै जनतासँग अन्तरक्रिया गर्दै हिँड्ने योजनाको सम्पूर्ण तयारी पूरा भएको छ ।

साथीहरु,

हालसम्मका नेपालका बाँचेजति सबै र सम्पूर्ण तहका नेता, कर्मचारी, वकील, न्यायाधीस, पत्रकार, सबैको सूचनाको हक अन्तर्गत सम्पत्ति विवरण लिएर स्रोत नखुलेको सबै सम्पत्ति जफत गर्नुपर्छ । यसो गर्दा ५ वर्षको नेपालको बजेट बन्ने रहेछ । त्यो कसरी गर्ने हामी पत्रकार र वकीलहरु साथै समाजका अन्य एक्स्पर्टहरु मिल्यौँ भने सम्भव छ । हालसम्मका नेपालका बाँचेजति सबै र सम्पूर्ण तहका नेता, कर्मचारी, वकील, न्यायाधीस, पत्रकार, सबैको सूचनाको हक अन्तर्गत सम्पत्ति विवरण प्राप्त नभए हामीले गठन गरेको “साइबर गुरिल्ला”ले त्यो पत्ता लगाएको छ , सार्वजनिक गर्ने छ । पहिला राज्यको कानुन अन्तर्गत हामीले प्राप्त गर्न नदिएमा हाम्रो साइबर गुरिल्लाले कुन कुन भाइभतिजा नातागोताका नाममा राखेको छ र कुन कुन नेताको कुन कुन देशी विदेशीसँग फोन वा इमेल वार्ता देशविरुद्ध हुन्छ, को को कसकसका एजेण्ट हुन् भन्ने समेत सबै तथ्यतथ्यांक सार्वजनिक गर्ने छ । साइबर गुरिल्ला इन्फरमेसन सर्कुलेसन सिस्टमका विज्ञहरुको समूह हो जसले यस्तो काम वौद्धिक रुपमा गर्ने छ । अहिलेको हतियार सूचना र प्रमाण हो । हामी त्यस्ता हतियार प्रयोग गर्ने छौँ । जनतालाई चित्त बुझ्ने गरी जवाफ दिएर देशघाती र भ्रष्टाचारी विरुद्ध व्यवहारिक कारवाहीमा उत्रिने छाँै ।

नेपालको सरकार जनताको बहुमतबाट होइन, सांसदको बहुमतबाट बन्छ । सांसदहरुको बहुमत वा विश्वास वा अविश्वासको प्रस्तावमा विदेशीले भने बमोजिम कसैको पक्ष वा विपक्षमा मत जान्छ त्यो सबैलाई थाहै छ । सरकार जम्मा मतदाताको ५१ प्रतिशत मत ल्याउनेले मात्र बनाउन पाउने व्यवस्था हुनुपर्छ । हाल बहुमतको सरकार भने पनि सरकार सधैँ अल्पमतको हुन्छ । सरकारमा जाने दलले पाएको मत एकातिर र सरकारमा नजाने दलहरु बाँकी सबैको मत अर्कातिर राख्यो भने ७०/७५ प्रतिशत जनतालाई २५/३० प्रतिशतले शासन गर्छ । तर, जम्मा मतदाताको ५१ प्रतिशत मत पाउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था भयो भने दुइ दलीय व्यवस्थाको ढाँचा तयार हुन्छ । त्यसो भयो भने सरकार बनाउन एक/एक मान्छेले दिएको भोटले निर्धारण गर्छ तर अहिले सरकार ढलाउन वा बनाउन विदेशीले सांसदहरुलाई परिचालन गरेर विश्वास वा अविश्वासको मत हाल्न वा नहाल्न खरिद गर्ने व्यवस्था रहेको छ ।

स्वागत नेपाल

सांसदहरु मन्त्री बन्न नपाउने व्यवस्था हुनुपर्छ । त्यो भयो भने चुनाव खर्चिलो हुँदैन, सांसद खरिद बिक्री हुँदैन र संसदबाट प्रधानमन्त्री नजन्मने भएपछि अर्थात् जनताको सोझै ५१ प्रतिशतबाट सरकार प्रमुख राष्ट्रप्रमुख निर्वाचित हुने भएपछि सरकार बनाउन र ढलाउन अहिलेजस्तो विदेशीले सांसदलाई परिचालन गर्न सक्दैनन् । सोझै जनताको भोटबाट बन्ने सरकारका लागि जनताको घरघरमा आएर यसलाई भोट हाल भनेर विदेशीले पैसा दिन वा भन्न सक्तैनन् । यो सांसदहरु मन्त्री प्रधानमन्त्री हुने व्यवस्था नै सबै भ्रष्टाचार, विदेशीको चलखेल र खर्चिलो चुनावका कारण महंगीको समेत रहस्य हो ।

हामीलाई पनि मन थिएन राजनीतिक कुरा गर्न, तर अझै पनि नेपालमा राजनीतिक परिवर्तनको कोर्ष पूरा भएको छैन । हामीलाई विदेशीले सांसदहरुको भोटबाट सरकार ढलाउन वा बनाउन सक्ने व्यवस्था होइन, हामी एक/एक मान्छेले हालेको भोटबाट हाम्रै भोटको ५१ प्रतिशतबाट सरकार बन्ने व्यवस्था चाहिएको हो । मूल राजनीतिक परिवर्तन अनि मात्र हुन्छ । हालसम्मका सबै दल बेग्ला बेग्लै नामका एउटै दल हुन् जसले जनताको बहुमतको होइन सांसदको बहुमतबाट सरकार बनाउँछन् । जनताको ५१ प्रतिशत मतबाट होइन सबैभन्दा थोरै कतिपय अवस्थामा ३ प्रतिशत भन्दा थोरै मत भए पनि दर्जनौँ पार्टीबाट अलिकति ठूलो दल बनेर लिडिंग भोट मात्र पाएर जित्छन् ।

मधेसीको प्रतिनिधित्व विनोद चौधरीबाट खोज्छन् । मधेसी महिलाको प्रतिनिधित्व राज्यलक्ष्मी गोल्छाबाट खोज्छन् । काठमाडौंका नेवार महिलाको प्रतिनिधित्व शंकर पोखरेल र ईश्वर पोखरलेको श्रीमतिहरुबाट खोज्छन् । राई लिम्बू महिलाको प्रतिनिधित्व बामदेव गौतमको श्रीमतिबाट खोज्छन् । हिजोअस्ति हो नि स्थानीय निर्वाचनमा प्रचण्डले रुखमा भोट हालेको र देउवाले हँसिया हथौडामा भोट हालेको, कांग्रेससँग गठजोड भएको राजावादी पार्टी राप्रपाको महामन्त्री राजेन्द्र लिंगदेनलाई एमाले र माओवादीले निर्णय गरेरै भोट हालेको , राजेन्द्र महतोलाई एमाले र माओवादीले जिताएको, महन्थ ठाकुरलाई कांग्रेसले निर्णय गरेरै जिताएको, होइन र ? यहाँ उल्लेखित कुनै व्यक्तिप्रति गुनासो होइन, व्यवस्था प्रति मात्र हो । अचम्म छ, त्यसैले व्यवहारमा सिद्धान्तमा पनि हालसम्मका सबै दल बेग्लाबेग्लै नामका एउटै दल हुन् ।

नेपालमा अहिले मान्छे जन्मँदैन कांग्रेस, एमाले माओवादी राप्रपा मधेसवादी जन्मिन्छन् । जुन कूलमा जन्म्यो त्यसैको कार्यकर्ता जन्मिछन् । समाजले पहिल्यै ठप्पा लगाइदिन्छ । तँ फलानो कूलमा जन्मेको तँ फलानो पार्टीको भनेर । होइन भन्दा पनि पत्याउँदैन, त्यस्तो कांग्रेसको छोरो नाती कसरी अरु हुन सक्छ भन्छ । तर, हामीलाई नेपाली चाहिएको छ ।

जनताले जनप्रतिनिधि छानेका छैनन् भोट मात्र हालेका छन् । भोटमा उठ्न टिकट केही हाइकमाण्डले दिन्छन् । जनताले गुण्डा उठाए पनि भोट हाल्नु परेको छ । भोट हाल्न वा नहाल्न बाध्य छन् जनता । हामी यो अभियानका सदस्यहरुले नै सर्वोच्च अदालतमा खराब उम्मेदवार रहेछन् भने निर्वाचन बहिष्कार नगरी शान्तिपूर्ण रुपमा भोट हालेरै उम्मेदवार बहिष्कार गर्न पाउने अधिकार दिनुपर्छ रीट हालेकोमा सर्वोच्चले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गर्यो तर सबै दल मिलेर सर्वोच्चको आदेश पनि नमानी त्यो व्यवस्था गरेनन् । हाम्रो भाषा बिगारे, सर्वोच्च अदालतबाट शब्दकोश खारेज गराउने रीट दायर हामी यो अभियानका सदस्यहरुले नै गर्यौँ । भारतीय मुद्रा नेपाली बैंकले ऋण लिएर चलाउने मौद्रिक नीति आयो त्यसविरुद्ध पनि रीट गर्यौँ । गाडीमा नेपाली भाषा मासेर इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णय अन्तरिम आदेशबाट रोकिएको छ, । सबैतिर देश, भाषा, साहित्य, राष्ट्रियताविरुद्ध धावा बोलिएको छ । त्यसका विरुद्ध महेन्द्रको राष्ट्रवाद होइन, युरोपियन युनियनले भाँड्न ल्याएको रिलिजियस नेसनालिज्म होइन, इथ्निक नेसनालिज्म पनि होइन स्वतन्त्र राष्ट्रवादी अभियान चाहिएको छ ।

राष्ट्रवादी भन्ने वित्तिकै राजावादी सम्झन्छन् मान्छेहरु । के राजा नभएको देशको राष्ट्रवाद हुन्न र ? राजा बिना राष्ट्रवाद/राष्ट्रवादी कल्पनै गर्न सक्तैनन् मान्छेहरु । त्यसैले स्वतन्त्र राष्ट्रवादी अभियान सञ्चालन गरेर १००८ सदस्यीय केन्द्रीय परिचालन समिति बन्नै लागेको छ । अर्को हप्तातिर घोषणा गर्ने योजना छ । हरेक वडा, जिल्ला, क्षेत्रमा गठन गर्ने क्रममा स्वतन्त्र राष्ट्रवादी अभियानको डाक्टर इञ्जिनियर, वकील, नर्स, मजदुर, विद्यार्थी, खेलाडी, उद्योगी व्यवसायी सबैको संगठनात्मक स्वरुप निर्माण भइसक्यो ।

अब, यसलाई पूर्णता दिनको लागि नेपालमा साँच्चै स्वतन्त्र राष्ट्रवादी नेतृत्वदायी अभियानको जरुरी छ । हामी त कानुनी लडाइँ, साहित्यिक लडाईँ समेतको माध्यमबाट केही वर्षदेखि लागिरहेका छौँ । हालसम्म सबैको साथ, समर्थन, सहयोग र शुभकामनामा अघि बढाइरहेका छौँ । अब मेची महाकाली सबै जिल्लामा गठन गर्दै हिँड्न लागिएको हो । अब यसको मिल्छ भने यहाँले केन्द्रीय परिचालन समितिमा रहिदिनुहुन अनुरोध छ । समयले तपाईँ र हामी समेतबाट यो अभियानको जिम्मेवारी दिएको छ । धेरै बोल्नेहरु नेता भएर बिग्रियो । अब छालाको मुखले नबोल्ने विचारले बोल्ने नेतृत्व चाहियो । यो अभियानको नेतृत्व बनेर यस विचारमा आफ्ना पनि थप विचारहरु सहित अझ परिमार्जन गरेर लैजान तयार हुनुभयो भने मेची महाकाली हरेक वडा वडा समेतमा अभियान लैजाने संगठित गर्ने काम हामी गर्छौँ । हरेक दिनको गतिविधि यहाँलाई तस्वीर सहित प्रस्तुत गछौँं ।

र, अब नेतृत्व गर्न छालाका मुखले बोल्नु पर्दैन, भाषण गर्नु पर्दैन विचार दिँदा पुग्छ । र, अबको जनता टुँडिखेलमा भाषण सुनेर होइन, विभिन्न सञ्जाल र सञ्चार माध्यममा हेरेरै पनि विचार बनाउन र बदल्न सक्छन् । त्यसको नेतृत्व भाषण गरेर होइन, विचार राखेर हुन सक्छ भन्ने सन्देशका लागि पनि जुनसुकै पार्टीमा भए पनि कुनै पार्टीमा नभए पनि सबै सहभागी बन्न पाउने अघि भनिएका विचारहरुमा सहमत हुनेहरुको साझा मञ्च हुने छ यो स्वतन्त्र राष्ट्रवादी अभियान ।

हामीले आर्थिक रुपमा युवाहरुको स्वरोजगार र स्वाबलम्बनका उदाहरणीय कार्यक्रमहरु ल्याएका छौँ । कुनै काम नगर्ने, कुनै पेशा व्यवसाय नहुने, कुनै जागीर नहुने, कुनै कम्पनी उद्योगधन्दा आफैँ सञ्चालन नगर्ने तर सबै सबैभन्दा धनी तिनै राजनीति गर्नेहरु कसरी हुने ? यस्तो सम्भव कसरी भयो ? रातदिन काम गर्ने पत्रकारहरु कति समय कामको व्यवस्तताले समयमा खान नमिलेर यो दशकमा मात्र ९ जनाभन्दा बढी पत्रकारको किड्नीको समस्याले निधन भइसक्यो । अनि अब पनि काम नगर्ने राजनीतिकर्मी चाहिँ कसरी धनीधनी हुँदै जाने सबैभन्दा समपत्ति उनीहरुकै बढी हुने कसरी हुन्छ ? कसरी उनीहरुको हस्पिटल , कम्पनीहरु र कन्स्ट्रक्सनहरुमा शेयरहरु हुन सक्छ ? त्यसैले त्यो सब खोज्नुपर्छ । त्यसैले आदि आफैँ काम नगर्नेलाई राजनीति मात्र गर्ने, अभियान भनेर भाषण मात्र गर्ने छुट छैन । जसले आफ्नो काम केही नगरी राजनीति मात्र गर्छ त्यसले देश लुट्छ भन्ने हाम्रो बुझाइ छ । त्यसैले सबैले, लेख्नेले लेख्ने, पढाउनेले पढाउने, व्यापार , खेती गर्नेले त्यही गर्ने, पत्रकारिता गर्नेले पत्रकारिता गर्ने र सँगसँगै आफूले भेटेका हरेक मान्छेलाई विचार सुनाउँदै कामकै सिलसिलामा अभियन्ता बढाउने हो । एउटा सामान्य क्रिकेटर यति छोटो समयमा सत्तामा पुग्छ भने हामीसँग त कुनै दलले नल्याएका विचार छन् । तर, फेरि यो पार्टी पनि होइन, अभियान मात्र हो नामै स्वतन्त्र राष्ट्रवादी अभियान यसका सबै वर्ग क्षेत्र र पेशा साहित्य सँस्कृतिकर्मी समेतका विंग्सहरु संगठनको रुपमा स्थपित भएका छन् । हामीले अब चाहिँ जिल्ला जिल्लामा सार्वजनिक गर्न लागेको हो । हामी सकेसम्म सबैजिल्लामा केन्द्रीय परिचालन समितिमा जिल्लाको मूल समितिमा पत्रकार साथीहरुलाई रहिदिनुहुन आग्रह गर्दै यहाँ सामु यो इमेल पत्र मार्फत आएको हुँ । हामी चाहिँ हाम्रो अभियानका सबै साथीहरुको यो अभियानको केन्द्रीय परिचालन समिति वा जिल्ला मूल समिति गठन गरी घोषणा गरेकै दिन सबैको सम्पत्ति विवरण पनि सार्वजनिक गर्ने छौँ । यहाँहरुलाई थाहै हामी वकीलहरु लागेपछि हामी हरेक नेताको कुन कुन वडामा कुन कुन कित्ता नम्बरका कति कति सम्पत्ति छन् , सबै निकाल्न सक्छौँ । सूचनाको हक अन्तर्गत पनि निकाल्न सक्छौँ । त्यसो त हामीले साइबर गुरिल्ला पनि गठन गरेका छाँै जसले कुन कुन नेताले र कर्मचारीले कुन कुन विदेशीहरुसँग देशका सूचना बेच्न कुराकानी गर्छन् भन्ने पनि हामी देशघातीहरुको सार्वजनिक गरिदिने छौँ । हाम्रो स्वतन्त्र अभियानका पत्रकार साथीहरुले विदेशी राजदूत जिल्ला जिल्लामा पुगेर एम्बुलेन्स बाँडेको र विद्यालयको उद्घाटन आदि गरेको समाचार त्यतिञ्जेलसम्म बनाउनु हुने छैन जतिञ्जेल हाम्रो देशको परराष्ट्र मन्त्रालयको अनुमति पत्र लिएर विदेशी राजदूत जिल्ला गएको पत्र हुँदैन । संसारमा नेपालमा मात्र यस्तो देश हो जहाँका पत्रकारहरु हाम्रो देशको परराष्ट्र मन्त्रालयको अनुमति पत्र नलिईकन विदेशी राजदूत राजधानी वा दूतावास रहेको शहर भन्दा बाहिर घुमिरहेको छ भनेर समाचार लेख्दैनन् ,, हामी स्वतन्त्र अभियानका पत्रकारहरुले अनुमति लिएर आयौ कि नलिई भनेर चाहिँ समाचार बनाउँछौ । हामीले आफ्नै राष्ट्रवादी संहिता विद्यार्थी, पत्रकार, कर्मचारी अभियन्ता, नेता, अभिभावक, सन्तान सबैका लागि बनाएका छा्रैँ । ती सबै विषयमा पछि हामी जिल्ला आएपछि विस्तृत रुपमा बताउने छौँ ।

नेपालमा हालसम्म प्रजातन्त्र/लोकतन्त्रका नाममा केवल भाइभतिजावाद (Nepotism), साथीवाद(Cronyism), बूढाबुढीतन्त्र (Gerentocracy), भ्रष्टहरुको चोरतन्त्र (Kleptocracy/Cleptocracy),सम्पत्तिको आडमा पिछडिएका वर्गको समानुपातिक सूचीबाट तिनै सम्भ्रान्तगोल्छा, चौधरी आदि कहिले एउटा पार्टीबाट कहिले अर्को पार्टीबाट सांसदको सूचीमा परिरहने धनतन्त्र (Plutocracy), बहुमतका नाममा अल्पमतको स्वल्पतन्त्र (Oligarchy) मात्र छ, हालसम्मका सबै पार्टी एउटै वर्गका पूराना सोच राख्नेहरु हुन्, नेपालमा नयाँ सोच भनेको५१% मत पाउनेले मात्र सरकार बनाउन पाउने, सांसदहरुले विधि मात्र बनाउनु पर्ने मन्त्री बन्न नपाउने, सबै जाति समुदायको जनसंख्याको प्रतिशतमा कर्मचारी प्रशासन सबै क्षेत्रमा प्रतिनिधित्व वैज्ञानिक ढंगले गराउने तर समानुपातिक भन्ने सांसद खरिदबिक्रीको व्यवस्थाअन्त्य गर्ने र संघीयतालाई खारेज गर्ने नै नयाँ विचार हो । बाँकी सबै पूरानै व्यवस्थामा प्रतिष्पर्धा गर्नेहरु हुन् ।
हालसम्म जनताले आफ्नो प्रतिनिधी छान्न पाउने व्यवस्था छैन, जनताले भोट हाल्न पाउने व्यवस्था मात्र हो प्रतिनिधी को बन्ने भनेर छान्ने काम त जनताले होइन पार्टीका ठालू नेताले मात्र गर्छन्, त्यसैले युवा नेतृत्व चाहियो …………

हामी मेची महाकाली अभियानमा ग्यास, खाजा सामल बोकेर, टेन्ट आफैँ बोकेर जहाँ रात पर्छ त्यही वास बस्दै जनतामा यो कुराको चेतना जगाउँदै हिँड्ने छौँ , एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन सकिँदैन । त्यस्तै व्यवस्था परिवर्तन भएर पनि परिवर्तन नभएका नेता, क्रान्ति गर्छु भनेर थच्चिएकाहरुबाट परिबर्तन हुन्छ भन्ने कल्पना गर्नु एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन खोज्नुजस्तै हो । त्यसैले हामी सबै राजनीतिक फोहोर भयो भन्नेहरु एकजुट हुनु जरुरी छ । जनता परिबर्तन हुन सक्दा रहेछन् नेता परिबर्तन हुन सक्दैनन् भन्ने प्रमाणित भइ सकेको छ । हामी जनताले त्यसैले पटक पटकका परिबर्तनलाई साथ दियौँ नेता तिनै रहे । तिनीहरु परिबर्तन भएनन्, त्यसैले प्रवृत्ति त्यही रह्यो । अब पूराना होइन, नयाँलाई एक पटक चुनाव नलडेकाहरुको यो अभियानमा साथ दिनुपर्छ । हामी अभियन्ताहरु शुरुमै हाम्रो सम्पत्ति विवरणहरु सार्वजनिक गर्ने छौँ । हामीलाई कुन कुन देशी विदेशीको फोन कल आउँछ हामी कल डिटेल जनतावीचमा सार्वजनिक गर्ने छौँ । यस्तो हिम्मत अरु कसैको छैन किनकि उनीहरु देशको सूचना विदेशीलाई बेच्छन्, विदेशीबाट चल्छन् । सम्पत्तिको लागि राजनीति गर्छन् । यो अभियान त्यही विदेशीबाट चलेको राजनीति अन्त्य गर्ने र राजनीतिलाई लुटी खाने प्रवृत्तिका विरुद्ध हो । यो अभियान हो राजनीतिक दल होइन ।

हामीले युवा स्वरोजगारको ‘युनिक’ कार्यक्रमहरु ल्याएका छौँ, त्यसमा यस अभियानको सदस्य रहनेहरुलाई मात्र पहिलो चरणमा सहभागी गराइने छ जसबाट हामी आफैँ उदाहरण बन्नुपर्छ । त्यसैगरी सामाजिक साँस्कृतिक परिबर्तनका पनि यसपूर्व कहिल्यै नसोचिएका विषयहरु आफूमै लागू गरेर अभियन्ताहरु नै उदाहरणीय रुपमा प्रस्तुत हुने, क्रिश्चियनधर्मीहरु हप्तामा एक पटक चर्च गएजस्तो इस्लामधर्मीहरु पनि हप्तामा एक पटक मस्जिद गएजस्तो हामी हप्ताको एक पटक लहरै मन्दिर जाने छौँ, धर्म मासियो भनेर मात्र हुन्न उदाहरण पनि प्रस्तुत गर्नुपर्छ आफूबाटै बचाउनका लागि । मन्दिर जान मन नहुनेहरुले हप्ताको एक पटक परोपकारी काममा लाग्ने छौँ हामी अभियन्ताहरु । परोपकारी काम गर्ने ठाउँ छैन भन्नेहरुलाई देशका सबै युवालाई, सबै व्यक्तिलाई नसोचेका नसोचेका तर समाजको हित खातिर एकै दिन अचम्मको उदाहरण गरी सदस्यहरु वीचमा मात्र सर्कूलर गरेर नयाँ कामहरु शुरु गर्ने छौँ । र, अन्य सबैलाई सहभागी गराउने छौँ ।

तर यो सामाजिक र साँस्कृतिक सुधारका लागि व्यवहारिक क्रान्तिसँगै हामीले अन्यायमा परेकाहरुको पक्षमा दुःखी गरीबका पक्षमा अन्यायीका विरुद्ध निशुल्क कानुनी लडाइँ र अन्य प्रकारका पुनस्थापनाका सिर्जनशील हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने कार्य हाम्रा विभिन्न समितिहरु मार्फत गर्ने छौँ । कुनै पनि व्यक्ति अन्यायमा परेको सप्रमाण हामीलाई जानकारी पनि गराउन सक्नुहुनेछ ।

अन्त्यमा हामीले सबै योजना र कार्यक्रम सबै यहाँ उल्लेख गर्न सम्भव पनि छैन । त्यसैले फेरि पनि यो अभियानको माथिका केही विचारहरुप्रति यहाँहरुको समर्थन छ भने केन्द्रीय परिचालन समितिमा आफ्ना योजना र सोच सहित आउनुस् देश विदेश जहाँ भए पनि नेपाली भएको ठाउँमा नेपालको केही अंश हुन्छ, त्यसैले स्वदेश विदेश सबैतिरबाट सहभागिता जनाउन सकिन्छ । आफ्नो सम्पर्क इमेल र समेत उपलब्ध गराइदिनु हुन साथ, समर्थन, सहयोग र शुभेच्छा सहित गोलबद्ध हुन तथा हामी जिल्ला जिल्ला वडा वडा आउँदा हामीसँग अन्तरक्रियामा सहभागी भइदिनु हुन आग्रह गर्दछौँ । तलको ठेगाना र फोनमा सम्पर्क गरी आफ्नो नाम इमेल र संलग्नताको क्षेत्र उपलब्ध गराइदिनुहुन पनि आग्रह गर्दछाँै ।

-स्वतन्त्र राष्ट्रवादी अभियान

सम्पर्कका लागि

[email protected]

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार ०९:३३