९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने

१५ जेठ, काठमाडौँ । सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिएका हुन् । साथै हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिने पनि उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १६:४४